विपक्षी तीन दलको संयुक्त वक्तव्य : नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

विपक्षी तीन दलको संयुक्त वक्तव्य : नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति समक्ष आह्वान गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

Leave a Reply