काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै हतारोमा कुनै निर्णय नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत यास्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । उनले सांसदहरुलाई हतारमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले सांसदहरुलाई केही समस्या भए सँगै बसेर छलफल गरेर समस्या समाधान गर्न आह्वान गरेका छन् ।
उनले लेखेका छन् –‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ । तसर्थ, हतारामा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं । ’
यता, नेपाल पक्षका सांसदहरुमा आफूहरुले दिएको समयसीमा सकिँदा सम्म पनि ओली पक्षबाट कुनै निर्णय नआए पछि सिंह दरबारमा बैठकमा जुटेका छन् । यसैबीच नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् ।
प्रधानमन्त्री ओलीले आज संसदबाट विश्वासको मत लिदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।