ब्राह्मण-क्षेत्री आन्दोलनबाट उदाएको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा बिलय | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

काठमाडौँ, ३० असोज । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग एकता प्रक्रिया टुंगिन लाग्दा अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का कांग्रेसमा विलय भएका छन्। हिजैबाट अवधि सकिएको संविधानसभाबाट रुपान्तरित संसदमा अखण्ड नेपाल पार्टीबाट समानुपातिक सांसद समेत रहेका खड्कालाई कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी प्रवेश गराएका हुन्।

स्थायी ठेगाना कास्की भएका अखण्ड नेपाल पार्टीका अध्यक्षसमेत रहेका खड्का तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा खड्काको अखण्ड नेपाल पार्टीले समानुपातिकबाट एक सिटमात्र जितेको थियो । त्यही एक सिटमा खड्का सभासद बनेका थिए।

पहिलो संविधानसभामा एमाओवादी लगायत जनजाति सभासद र जातीय संस्थाले जातीय नारा लगाएपछि नारायण प्रसाद पण्डितको नेतृत्वमा ब्रह्मण समाज र क्षेत्रीहरुको नाममा खड्कासहितका व्यक्ति मिलेर क्षेत्री समाज गठन गरेका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा दुवै समाजका क्रियाशिल सदस्यहरु मिलेर अखण्ड नेपाल पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गरिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);