काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन दिवस २०७८ का अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले आइतबार अपराह्न सामाजिक संञ्जालमार्फत अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन कानुन दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले कानुन क्षेत्रमा सक्रिय सवै कानुन व्यावसायीहरुलाई कानुनी क्षेत्रमा काम गर्न थप उर्जा मिलोस भन्ने शुभकामना समेत व्यक्त गरेकी छिन् ।