३२ लाख लागतमा प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

३२ लाख लागतमा प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको निर्माण सुरु

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको आज एक कार्यक्रमबीच शिलन्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलबाट भवन शिलन्यास गरिएको हो ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्याङ्गमा रहेको बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड लागतमा भवन निर्माण हुनेछ । चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकासा भएकोमा टेण्डर प्रकृया सबै सम्पन्न गरी काम सुरु गरिएको हो ।

निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा भवनको निर्माण कार्य सुभारम्भ गरिएको हो । बागमती प्रदेश प्रहरी हाल संघीय अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश उपत्यका बाहेक अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ ।

समग्रमा हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग भई सकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);