काठमाडौं । चीन सरकारले सहयोग गर्न लागेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन जाने भएको छ । निगमका अनुसार सोमबार मे १० अर्थात् वैशाख २७ गते सोबार राति साढे ११ बजे वाइडबडी बेइजिङ प्रस्थान गर्ने भएको हो ।
४०० वटा सिलिन्डर र २० वटा भेन्टिलेटर लोड गरी निगमको वाइडबडी जहाज ११ तारिख अर्थात् वैशाख २८ गते काठमाडौं आइपुग्नेछ। चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमशः आउने निगमले जनाएको हो ।