समानुपातिकतर्फको बन्दसुची दर्ता दलहरुको तयारी भद्रगोल | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

काठमाडौँ, ३० असोज । राजनीतिक दलहरुले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा सामाुनपातिकतर्फको बन्दसूची दर्ता भद्रगोल बनेको छ। आईतबार राति अबेरसम्म दलका नेताहरु निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दीसुचीलाई अन्तिम रुपमा दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए।

राति साढे आठ बजे बहादुर भवनस्थित आयोगको परिसर पुग्दा चौरमा पाल टाँगेर बनाएको दर्तास्थलमा बसेका कर्मचारी राजीनितिक दलको प्रतिक्षामा देखिँन्थे। कतिखेर सुची बुझाउन दलका प्रतिनिधि आउने हुन्। कतिखेर दर्ता गरेर सकिने हो थाहा छैन। न खान न सुत्नको ठेगान भो, एक कर्मचारीले गुनासो गरे। आजको नागरिक दैनिकमा खबर छ।