पूर्वी अफगानिस्तानमा भएको आतंकवादी हमलामा ११ जना सुरक्षाकर्मीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८१, बुधवार

पूर्वी अफगानिस्तानमा भएको आतंकवादी हमलामा ११ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी ।  पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका ११ जनाको मृत्यु भएको बताइएको छ ।

गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको हो ।

उक्त झडपमा चार जना तालिबानी विद्रोही सुमेत मारिएको अफगानी सुरक्षा निकायले जनाएको छ । छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको हो ।

यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ ।

संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन नेटो सेनाले देश छोडेर जाने क्रममा आक्रमणहरु भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);