काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ ।
आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय तोकेको निर्वाचन आयोगले जनाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी परित्याग गरेपछि पदमुक्त भएका थिए ।
पद रिक्त अवस्थामा रहेकाले उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय भने दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालयलाई तोकिएको छ ।