माथिल्लो तामाकोसीमा पानी खसालियो, ४५६ मेघावाट विद्युत् उत्पादनको उद्धाटन प्रधानमन्त्री ओलीबाट हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

माथिल्लो तामाकोसीमा पानी खसालियो, ४५६ मेघावाट विद्युत् उत्पादनको उद्धाटन प्रधानमन्त्री ओलीबाट हुने

काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्ने भर्न शुरु गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार संयुक्त रुपमा पानी भर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

भौतिक पूर्वाधार नेम्बाङ र सञ्चारमन्त्री गुरुङले संयुक्तरुपमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गरेका छन् ।

त्यसैगरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गरे । देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद भएको मन्त्री पार्वत गुरुङले बताएका छन् ।

लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गरेका छन् । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाबाट उत्पादन हुने विधुतको औपचारिक स्पमा उद्धान गर्ने छन् ।

Leave a Reply