काठमाडौँ। नेकपा एमाले माधव नेपाल समूहले पार्टीभित्र आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको छ । बुधबार बसेको नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि पार्टीको विधानविपरित भएको निष्कर्ष निकालिएको नेता भीम रावलले बताएका छन ।
उनले भने,‘अहिले कोरोना महामारीलाई ध्यानमा राखेर हाम्रो अभियानलाई जारी राख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ । नेता रावलले कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गर्ने निर्णय समेत आफ्नो समूहको स्थायी कमिटिको बैठकले गरेको बताएका छन।
कोरोनाका कारण समानान्तर गतिविधि केही कम हुने भए पनि नरोकिने उनले बताए । उनले भने,‘कोरोनाका कारण कतिपय गतिविधि कम हुनसक्छन् । तर हाम्रो अभियान भने कायमनै राख्छौँ ।




