चीनको एक किन्डरगार्डेनमा चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

चीनको एक किन्डरगार्डेनमा चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घाइते

एजेन्सी । चीनको एक किन्डरगार्डेनमा बुधबार चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घाइते भएका छन् । दक्षिणी चीनको गुवाङ्सी स्वशासित क्षेत्रको बेलिऊ शहरस्थित एक किन्डरगार्डेनमा बुधबार दिउँसो २ बजे एक युवकले अन्धाधुन्ध चक्कु हानेका थिए । घाइते भएकामध्ये २ जना बच्चाहरूको अवस्था गम्भीर रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेहरू सबैलाई अस्पताल भर्ना गरिएको छ । चक्कु हान्ने स्थानीय २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणकारीको उक्त व्यवहार किन भयो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);