काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा कोरोना नेगेटिभ देखिएपछि बैठक आज बस्न लागेको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको बैठक कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो ।
कुनैपनि केन्द्रीय सदस्यहरूमा कोरोना पोजेटिभ नदेखिएको र बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो।
जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको ठहर छ ।