काठमाडौं । पछिल्लो समय कोभिड १९ समुदाय स्तरमा तीव्र गतिमा फैलिईरहेको छ । दैनिक संक्रमितको संख्या उकालो लाग्दै गएको हरेक दिनको तथ्याङले देखाएको छ । यसरी दैनिक संक्रमणको रफ्तार बढ्न थालेपनि स्वास्थ्य मापदण्ड पालना कडाइका साथ भएको देखिँदैन । जसले गर्दा नेपालमा पनि भयावह अवस्था आउन सक्ने देखिएको छ ।