(एनएसएल)मा काठमाडौं रेजर्सको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

(एनएसएल)मा काठमाडौं रेजर्सको विजयी शुरुवात

football

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो ।

खेलको ६६औं मिनेटमा विदेशी खेलाडी मेसोउके ओलोउमोउले गोल गरेका थिए । अर्का विदेशी खेलाडी स्टेफन समिरको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले बचाउन खोजेपनि रिबाउण्ड भएको बलमा मेसाउकेले गोल गर्न सफल भए ।

पहिलो हाफमा काठमाडौंले गोलको अग्रसरता दिलाएको थियो । खेलको ३३ औं मिनेटमा काठमाडौंका स्टेफन समिरले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो । पहिलो हाफमा ललितपुरका लागि विदेशी खेलाडी भिलिम पोसिनकोभिकले फितलो प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

खेलको ६२ औं मिनेटमा मेसेउकेको प्रहार ललितपुरका गोलकिपर अर्पणले बचाएका थिए । त्यसलगतै खेलको ६६औं मिनेटमा भने मेसोउकेले गोल गर्न सफल भए ।
नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको एनएसएलमा सात फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगलाई प्राविधिक सहयोग गरेको छ ।

लिगमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो २ः३० बजे विराटनगर सिटी एफसी र धनगढी एफसी खेल्नेछन् भने साँझ ५ः३० बजे हुने खेलमा पोखरा थण्डर्स र बुटबल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);