बर्दिया कांग्रेसका सभापतिमाथि कुपपिट, ४४ जनाको सामूहिक राजीनामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

बर्दिया कांग्रेसका सभापतिमाथि कुपपिट, ४४ जनाको सामूहिक राजीनामा

काठमाडौं । गुण्डा लगाएर कार्यवहाक सभापतिसहितका नेता तथा कार्यकर्तालाई हातापात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। शुक्रबार गुलरियामा अयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक सभापति मिश्रीलाल यादवले आफूहरुमाथि निन्दनीय कार्य भएको भन्दै सामूहिक राजीनामा दिएको बताए ।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतका नेतालाई हातपात गर्नुका साथै कार्यालय बन्द गरेको र उनीहरूले सामूहिक राजीनामा दिएको बताएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा परिचालन गर्ने, हातपात गर्ने जस्ता खेदजनक कार्य भएको गरेको हुँदा काम गर्न सक्ने अवस्था नरहेकाले सामूहिक राजीनामा दिनुपरेको पत्रमा उल्लेख गरिएको छ ।

पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीको काम खटिरहेका आफूहरुमाथि बर्दिया क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्व सचिव तेज बहादुर भाट लगायतका व्यक्तिहरूले हातपात गरेको तथा कार्यालयको सचिवालय कक्षमा गई नेताहरुलाई लछारपछार गरी तालाबन्दी गरेको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);