विपतमा परेको भारतलाई सहयोग गर्न चीन तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विपतमा परेको भारतलाई सहयोग गर्न चीन तयार

एजेन्सी कोरोनाको सुनामीले अस्तव्यस्त भएको भारतलाई सहयोग गर्न चीन तयार रहेको बताइएको छ । महामारीले भारतमा भयावह अवस्था सिर्जना भएपछि चीनले सहयोग गर्न सकिने बताएको हो ।

यो पनि पढ्नुहोस

भारतमा कोरोनाको दोश्रो लहर थेग्न मुश्किल, एकै दिन ३ लाख ३२ हजारभन्दा बढी संक्रमित

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा भारतलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताएका हुन् ।

यसैबीच विभिन्न देशका नेताहरुले भारतको पूर्व निर्धारित भ्रमण रद्द गर्न थालेका छन् । त्यसैगरी हवाई उडान पनि बन्द गर्न थालेका छन् । हवाई उडान बन्द गर्ने पछिल्लो देश क्यानाडा बनेको छ । क्यानडाले भारतसँग हवाई सम्बन्ध एक महिनाका लागि विच्छेद गरेको छ । कोभिड महामारी भयानक रुपमा फैलिएपछि भारतसँगका सम्पूर्ण उडान रद्द गरिएको हो ।

भारतमा दैनिक संक्रमित संख्या तथा मृत्युदर तिब्र रुपमा बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रे भारतमा ३ लाख ३२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने दुई हजार २ सयभन्दा धेरैको संक्रमणका कारण मृत्यु भएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);