धनगढी । कैलालीको लम्किचुहा नगरपालिका २ भल्कामा भएको सडक दुर्घटनाले सडक अवरोध हुँदा पूर्व पश्चिम राजमार्ग बिहीबारबाट अवरुद्ध भएको छ ।
बिहीबार बेलुकी मोटरसाइकललाई बसले ठक्कर दिँदा स्थानीय युवा लिला राउतको ज्यान गएको थियो ।
क्षतिपूर्ति माग्दै स्थानीयले बिहीबार बेलुकीदेखि नै राजमार्ग अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्ध हुँदा सुदूरपश्चिमका सबै जिल्ला जाने सवारी साधन रोकिएर हजारौं यात्रु अलपत्र परेका छन् ।
आइ.एन.ए




