काठमाडौं । नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक घरमा भएको थियो । नेकपा स्थापना गर्दा यसका संस्थापक महासचिव पुस्पलाल थिए । ५ जनाको कमिटीमा उनी बाहेक मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । यस दिनबाट नेकपा स्थापना भएको मानिन्छ । यसलाई केही समय गोप्य राखियो र ३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी गराईयो पार्टी खोले पनि यसलाई गोप्य नै राखिएको थियो ।
३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो । यो बाहिर ल्याउँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही थिएनन् । सो दिन घोषित केन्द्रिय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए । महासचिव भने पुष्पलाल नै थिए।
नेकपाको स्थापना हुँदा देखिनै विवादको विउ रोपियो । त्यो विवाद थियो पार्टीको स्थापना दिवस। त्यो विवाद थियो पार्टी स्थापना १० बैशाखलाई मान्ने वा सार्वजनिक गरिएको ३० भदौलाई मान्ने। यो विवादको निरुपण अझै राम्रो सग भएको छैन। यद्यपी धैरेले १० बैशाख अर्थात अप्रिल २२ लाई मान्ने गरेका छन् ।
२०१७ सालमा पहिलोपटक कम्युनिष्ट पार्टीभित्रको विवाद बाहिर आउँदा स्थापना दिवस तथा संस्थापक सदस्यहरुबारे पनि किचलो उठेको थियो। त्यसपछि पनि पार्टी स्थापनाको विवादले बेला बेला चर्को रुप लिएको थियो । २०१७ सालमा राजाले सत्ता हातमा लिएपछि नेकपा तत्कालीन महासचिव केशरजंग रायामाझी र पुष्पलालबीच ठुलो विवाद परेको थियो । केशरजंग रायामाझीले राजाको कदमलाई स्वागत गरेपछि पार्टीमा बिभाजन आएको थियो।
त्यसपछि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह र तुलशीलाल अमात्य अलग्गिएका थिए। महेन्द्रको ‘कू’ पछि निष्प्रभावी बनेका कम्युनिस्ट २०२३ पछि मेची कोसी प्रान्तीय कमिटी र केशरजंगको समूहबीच विभाजन भयो । २०२४ मा पुष्पलाले नेकपाको तेस्रो महाधिवेशन गराए। त्यो पनि २०२५ मा विभाजन भयो। पुष्पलाल र तुलशीललाबीच कम्युनिस्ट आन्दोलनमा विवाद, एकता संघर्षका धेरै उदाहरण छन् । २०४७ सालमा तत्कालीन माले र माक्र्सवादीबीच एकता भइ एमाले बन्यो। एमालेको पहिलो अध्यक्ष मानमोहन अधिकारी भए भने त्यसको महासचिव मदनभण्डारी ।
पछिल्लो पटक तत्कालीन एमाले २०५४ साल फागुन २१ गते विधिवत बिभाजन भयो। एमाले र मालेका नाममा दुई कम्युनिष्ट पार्टी खडा भए। मालेको नेतृत्व वामदेव गौतमले गरे भने एमालेको नेतृत्व मनमोहन अधिकारीले ।
तत्कालीन प्रधामनन्त्री शेरबहादुर देउवा गठबन्धन सरकारका पालामा नेपाल भारतबीच शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिमा हस्ताक्षर भयो । २०५२ माघ १५ (१९९६ जनवरी २९) का दिन परराष्ट्रमन्त्रीस्तरका हस्ताक्षरीय महाकाली सन्धिमा २०५२ माघ २९(१९९६ फेब्रवरी १२) का दिन नयाँ दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावलले हस्ताक्षर गरे । सीमा तथा प्राकृतिक स्रोतको उपयोगको बाँडफाँडसँग सम्बन्धीत महाकाली सन्धि तत्कालीन संवैधानिक व्यवस्थाअनुसार संसदको दुईतिहाई बहुमतले अनिवार्य रुपमा अनुमोदन गर्नुपर्थ्यो ।
सोही संवैधानिक प्रावधान अनुसार महाकाली सन्धी अनुमोदनकालागि सदनमा पेश भई सत्तारुढ नेपाली कांग्रेस तथा प्रतिपक्षी एमालेको पूर्ण सर्मथनमा २०५३ असोज ४ गते संसदको दुईतिहाई बहुमतबाट पारित भएको थियो। । एमाले माले बिभाजनको मुल कारण पनि यही सन्धी बनेको थियो। ।
२०५६ सालको निर्वाचनमा तत्कालीन मालेले एक सिट पनि चुनाव जित्न सकेन। त्यसपछि माले र एमालेबीच फेरि एकीकरण भयो। तर मालेमा लागेका सीपी मैनाली लगायतको एउटा समूह माले तिरै बसे।
२०५१ सालमा तत्कालीन माओवादीले देशमा सशस्त्र युद्ध गर्यो । दश वर्षे युद्ध पछि त्यो शान्ति सम्झौता हुदै शान्तिपूर्ण राजनीतिमा आयो।। जन्मदै बिवाद भएको नेकपामा अझैपनि ती रोग समाप्त हुन सकेका छैनन् २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भए पनि बिभिन्न कारणले त्यो धेरै टिक्न सकेन।