हङकङसामु नेपालको लज्जास्पद हार | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

काठमाण्डौँ, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल फितलो प्रदर्शनका कारण हङकङ सामु पराजित हुन पुगेको छ ।

हङकङले दिएको १९५ रनको लक्ष्य विरुद्ध उत्रिएको नेपाल अलआउट हुँदै ८३ रनले पराजित भएको हो । टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले सबै विकेट गुमाउँदै ३४.५ ओभरमा १११ रन मात्र बनाउन सफल भएको हो ।

नेपालले सुरुवातमै ओपनर सागर पुनलाई गुमाएको थियो । सागर मात्र ३ रन बनाउँदा क्याच आउट भएका थिए । नेपालका अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत २१ रन बनाउँदै आउट भएका थिए भने १६ दशमलव १ ओभरमा ५६ रन बनाउँदा नेपालका लागि तेस्रो विकेट गुमेको थियो । तेस्रो विकेटमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनले ३ रनको व्यक्तिगत स्कोर बनाएका थिए । त्यस्तै कप्तान पारस खड्का २६ रन बनाउँदै आउट भएका हुन् ।

सोमपाल कामी क्याचआउटभएसँगै नेपालले पाचौँ विकेट गुमाएको थियो । सोमपाल कामी ११ रन बनाएर एसान खानको बलमा अइजज खानद्वारा क्याचआउट भएका हुन् ।

खेलको ३१औँ ओभर जारी हुँदा हङकङले सातौँ विकेट लिएको थियो, जसमा आरिफ शेख आउट भएका थिए । आरिफको ठाउँमा आएका बसन्त रेग्मी शुन्य रनमा आउट भए । त्यस्तै बसन्तको ठाउँमा आएका करण केसी पनि शुन्य रनमा आउट भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);