चीन र भारतबीच पूर्वी लद्दाखमा जारी विवाद थप चर्किँदै | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

चीन र भारतबीच पूर्वी लद्दाखमा जारी विवाद थप चर्किँदै

एजेन्सी । चीन र भारतबीच पुर्वी लद्दाखमा बिगत एक बर्ष अघिबाट शुरु सीमा विवाद पछिल्लो चरणमा झनै चर्किएर जाने अवस्था देखिएको छ । विवाद समाधानका लागि दुबै देशबिच अहिलेसम्म ११ चरणका वार्ता विभिन्न तहमा भएका भएपनि वार्ताबाट कुनै समाधान भने निक्लन सकेको छैन ।

सीमा विवाद समाधानका लागि सम्पन्न पछिल्लो चरणको वार्तामा चिनियाँ पक्षले पुर्वी लद्दाखको हट स्प्रिंग र गोगरा क्षेत्रमा तैनाथ आफ्ना सेनालाई हटाउने विषयमा असहमती जनाएको छ । भारतीय पक्षले यो क्षेत्रमा रहेका चिनियाँ सेना हटाईनु पर्ने अडान राख्दै आएको छ ।

भारतको यो पछिल्लो अडानलाई लिएर चिनियाँ पक्षले भारतलाई स्पष्ट पार्दै अहिलेसम्म भारतले जे जति पाएको छ, त्यसमै चित्त बुझाउनु सुझाएको छ । चिनियाँ पक्षको यो भनाईले भारतले पुर्वी लद्दाखको पैंगोङ क्षेत्रमै सिमित हुनुपर्ने छ ।

यसअघि गत फेब्रुअरीमा दुबै देशबिचको तनाव बढेर गएपछि सम्पन्न दुबै देशका सैन्य अधिकारीबिचको बैठकले, दुबै देशका सैनिकहरु पैंगोङ तमल र कैलाश रेन्जबाट तत्काल पछि हट्ने र अन्यं विवादित क्षेत्रका बिषयमा वार्ताका माध्यमबाट समाधान खोजिने सहमती बनेको थियो । तर पछिल्ला वार्ताले समाधान निकाल्न नसकेकै कारण दुई देश बिचको विवाद बढ्दै जाने अबस्थामा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);