बाँके। बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यबस्थापन समितीले नेपालगन्जमा कोरोना भाईरस संक्रमण बढेको भन्दै उपमहानगरपालिका भित्रका सम्पुर्ण शैक्षिक सस्थाहरु एक साताकालागी बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण कम गर्न गरिएको निर्णय राम्रो भएको भएपनि विद्यालयहरु बन्द गरेर मात्र समस्याको समाधान नहुने भएकोले पढाई नविग्रने गरी व्यवस्थापन गर्नुपर्ने विद्यार्थीको भनाई छ ।
यता अभिभावकले भने सामाजिक दुरी कायम गरि मास्कको प्रयोग गरेर, सेनिटाईजर प्रयोग गरि पढाईलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन् । कोरोना महामारीको कारण गत वर्षबाट नै पढाईमा असर परेकोले विचार गर्नु पर्ने अभिभावकहरुको तर्क छ ।
विद्यायलयहरु बन्द गर्ने निर्णय हालकोलागि राम्रो भएपनि दिर्घकालिन समस्या हुने भएकोले सम्बन्धित निकायबाट पहल हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
नेपालगन्ज उप महानगरपालिकामा कोरोना महामारीको उच्च जोखिम देखिएकोले आईतबारदेखि सुक्रबारसम्मकालागी विद्यालय बन्द गरिने भएको हो ।
नेपालगञ्जका १० जना शिक्षक र ५ जना विद्यार्थिमा कोरोना पुष्टी भएको छ ।