काठमाण्डौँ, २७ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङले प्रस्तुत गरेको लक्ष्य विरुद्ध नेपाल जवाफी व्याटिङमा उत्रिएको छ ।
नेपालले सुरुवातमै ओपनर सागर पुनलाई गुमाएको छ । सागर मात्र ३ रन बनाउँदा क्याच आउट भएका हुन् । नेपालका अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् ।
– १६ दशमलव १ ओभरमा ५६ रन बनाउँदा नेपालका लागि तेस्रो विकेट गुमेको छ । दीपेन्द्रसिंह ऐरी आउट भएका छन् ।
– नेपालका लागि कुल ६९ रन बनाउँदा कप्तान पारस खड्का आउट ।
– २५ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै नेपालले बनायो ७८ रन
– नेपालको पाचौँ विकेट गुम्यो, सोमपाल कामी क्याचआउट
– नेपालको फितलो प्रदर्शन, हङकङले लियो छैटौँ विकेट, आरिफ शेख आउट
– बसन्त रेग्मी शुन्य रनमा आउट
– आठौँ विकेट गुम्दा सय रन मात्र, करण केसी शुन्य मै आउट