मुम्बईसँग कोलकत्ता नाइट राइडर्स १० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

मुम्बईसँग कोलकत्ता नाइट राइडर्स १० रनले पराजित

एजेन्सी, १ वैशाख । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट आईपीएलमा पहिलो जित निकालेको छ ।

मंगलबार राति चेन्नईमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । कोलकत्ताका नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै शुबनम गिलले ३३ रन जोड्दा कप्तान इयान मोर्गन ७ रनमा आउट भए । मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५६, कप्तान रोहित शर्माले ४३, हार्दिक पाण्डेय र कुर्नाल पाण्डेय समान १५÷१५ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ५ तथा पाट कुमिन्सले २ विकेट लिए ।

जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो । कोलकत्ताको यो पहिलो हार हो । कोलकत्ताले पनि २ खेलमा २ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);