गठबन्धनसँग झस्कियो नयाँ शक्ति: आवेगमा नआइहाल्न भट्टराईलाई दाहाल-ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

काठमाडौं, २७ असोज । अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियानु घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ। चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ। आफ्नो पार्टीलाई एमाले-माओवादीले ‘अपहेलितु गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो।

एमाले-माओवादी अध्यक्षसँग बाबुरामको भेट
यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले बिहीबार एमाले(माओवादीका अध्यक्षलाई नै दिएका छन्। भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन्।

आवेगमा नआइहाल्न आग्रह
भट्टराईनिकट स्रोतका अनुसार दाहाल(ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन्। माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो।

बाबुरामको लागि माओवादीले गोरखा छोड्न सक्दैन
माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ। ‘पार्टीले गोरखाको दुईवटै क्षेत्र नछोड्ने निर्णय नै गरेको छ, अझ २ नम्बरमा त वरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ,’ माओवादी गोरखाका इन्चार्ज चूडामणि खड्काले भने, ‘यो क्षेत्र बाबुरामलाई माओवादीले छोड्न सक्दैन।