काठमाडाैं, ३१ चैत । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि मंगलबार ३२ खेलाडी छनोट गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बन्द प्रशिक्षण आगामी मे १७ बाट सुरु हुनेछ ।
नेपालले विश्वकप र एसियाकप छनोटका लागि घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ र त्यसकै लागि प्रशिक्षक अलमुताइरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बेलाइएको हो । नेपालले अस्ट्रेलिया, जोर्डन र चिनिया ताइपेईविरुद्ध खेल्न बाँकी छ ।
बन्द प्रशिक्षणका लागि परेका खेलाडीमा गोलरक्षकमा किरण लिम्बु, विकेश कुथु, दीप कार्की र विशाल सुनार हुन् । यस्तै डिफेन्समा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौत्तम श्रेष्ठ र विकास खवास रहेका छन् ।
मिडफिल्डमा भने त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट र सुमन लामा चुनिएका हुन् ।
फरवार्डमा दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल र नवयुग श्रेष्ठलाई छनोट गरिएको छ ।