बीमा कम्पनीले बीमा दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउनु पर्छ : सूर्यप्रसाद सिलवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बीमा कम्पनीले बीमा दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउनु पर्छ : सूर्यप्रसाद सिलवाल

काठमाडौं, ३१ चैत । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताएका हुन् ।

बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशन समेत दिएका छन् । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । यस्तै रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उनको भनाई छ ।

रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दा सम्म बीमा क्षेत्रको विकास सम्भव नभएको पनि अध्यक्ष सिलवालले बताए । जति सुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);