डढेलोबाट स्थानीयको गोठ जल्दा ४ लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

डढेलोबाट स्थानीयको गोठ जल्दा ४ लाख बराबरको क्षति

सर्लाही, चैत ३० । वनमा लागेको डढेलोले सल्केको आगोबाट सर्लाहीमा एक गोठ जल्दा झण्डै ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार बेलुका सवा ५ बजे जिल्लाको लालबन्दी नगरपालिका वडा न–१३ सानु नारायण डाँडा स्थित पञ्चकन्या सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले सो बन नजिकै रहेको स्थानीय लालबहादुर श्रेष्ठको काठले बनेको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीमा परेर उनको गोठ पूर्ण रुपमा जलि गोठ भित्र भाडामा दिन राखिएका २५–२५ थान सिरक, डसना र एक थान सोलार समेत गरि अन्दाजी ३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply