काठमाडौं, २९ चैत । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कारबाही सिफारिस गरेका छन् । थापालाई एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णयसहित कारबाहीका लागि सिफारिस गरिएको रावलले आइतबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
नेता थापालाई पार्टी कार्यालय तोडफोड र गुण्डागर्दी गरेको आरोप लगाइएको छ । पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेको भन्दै कारबाही गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
‘नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ’–विज्ञप्तिमा लेखिएको छ ।
आइ.एन.ए