एजेन्सी, २९ चैत । साउदी अरेबिया सरकारले तीनजना सैनिकलाई मृत्युदण्डको दिएकोे छ ।
एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूले साउदीलाई यातना, अन्यायपूर्ण मुद्दा र मृत्युदण्डको सजाय रोक्न आग्रह गरिरहेको समयमा शत्रुलाई सहयोग गरेको आरोपमा साउदी अरेबिया सरकारले मृत्युदण्डको सजाय दिएको हो । साउदी रक्षा मन्त्रालयका अनुसार देशद्रोहको अभियोगमा विशेष अदालतले दोषी ठह¥याएपछि ती सैनिकहरूलाई मृत्युदण्ड दिइएको बताइएको छ ।
मृत्युदण्ड पाएका सैनिकहरु यमनको सिमानामा पर्ने दक्षिणी प्रान्तमा इरान समर्थित हुथी लडाकूहरुविरुद्ध छ वर्षदेखि युद्ध लड्दै आएका थिए ।