नागरिकता वितरणलाई व्यवस्थीत गर्न नसक्दा सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

नागरिकता वितरणलाई व्यवस्थीत गर्न नसक्दा सेवाग्राही मर्कामा

सर्लाही, २८ चैत। सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण कार्य सहज नहुँदा सेवाग्राहीले सास्ती पाएका छन् ।

लामो समय लकडाउन भएपछि कार्यालय खुलेदेखि नै नागरिकता बनाउनेहरुको भिड लागिरहेको छ । राष्ट्रिय परिचयपत्र निर्माणको लागि नागरिकता अनिवार्य रहेको छ ।

जिल्लामा अहिले राष्ट्रिय परिचय पत्र वितरण अभियान सुरु भएको हुँदा पनि नागरिकता बनाउनेको भिड बढेको हो । अत्याधिक भिडका कारण हप्ता दिनसम्म नागरिकता बनाउन प्रशासन कार्यालयमा धाउनुपरेकोे सेवाग्राहीहरु बताउँछन् ।

जिल्लाको दक्षिण–पुर्वी भेगका दर्जनौं गाउँका बासिन्दाहरुलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ भने कागजी प्रक्रियामा पनि समस्या भएको पाइएको छ ।

सेवाग्राहि चापको अनुपातमा कार्यालयमा कर्मचारीको संख्या अपुग हुनुका साथै जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण अभियान सुरु भएका कारण नागरिकता फाँटमा सेवाग्राहीहरुको भिड लागेको सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए।

जिल्ला प्रशासन कार्यालयले दैनिक १ सय भन्दा बढी नयाँ नागरिकता तथा प्रतिलिपी वितरण गर्दै आएको छ ।

सर्लाहीमा सदरमुकाम मलंगवा, हरिवन र बरहथवामा रहेको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । ती दुवै इलाका प्रशासन कार्यालयमा पनि सेवाग्राहीहरुको भिड बढि नै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);