स्तन क्यान्सरकाे लक्षण र यसबाट बच्ने उपाएबारे डा.शिल्पकारकाे टिप्स | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८१, मंगलबार

स्तन क्यान्सरकाे लक्षण र यसबाट बच्ने उपाएबारे डा.शिल्पकारकाे टिप्स

काठमाडाैं, २६ चैत । स्तन क्यान्सर बिश्वमा महिलाहरुको ज्यान लिने मुख्य रोग मध्ये एक हो । नेपालमा पनि अधिकांश महिला स्तन क्यान्सरका कारण ज्यान गुमाउन बाध्य छन् ।क्यान्सर के कारणले हुने गर्दछ ? यसको लक्षण,पहिचान,उपचार र के कसरी बच्न सकिन्छ भन्ने बिषयमा क्यान्सररोग बिषेशज्ञ डा. रमिला शिल्पकार सँग संगीता अधिकारीले गरेको कुराकानीका आधारमा तयार पारिएको संपादित अंश :

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धि हुने गिर्खा, गाँठागुँठी बढ्दै जाने, र अस्वभाविक रुपमा स्तन दुख्ने अबस्थालाई स्तन क्यान्सर भनिन्छ । महिलाहरुको स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना बढिहुने क्यान्सररोग बिशेषज्ञ डा. रमिला शिल्पकार बताउछिन्।

स्तनमा क्यान्सरका लक्षणहरु :
१ स्तनमा अनाआबश्यक गाँठागुठी देखापर्नु तर नदुख्नु
२ स्तन सुन्निनु,दुख्नु वा पोल्नु
३ स्तनबाट रगत बग्नु
४ स्तनको छालामा सानासाना डाबर देखा परेमा
५ स्तनको आकार र रंग परिवर्तन भएमा
स्तन क्यान्सर हुने कारणहरु
१धुम्रपान,मध्यपान,रक्सी सेवन
२अबस्थाहेरी बंशाणुगत गुणको प्रभाव
३ अस्वस्थकर खानपान,अब्यबस्थित जीवनशैली

स्तन क्यान्सरबाट बच्ने उपाए :
क्यान्सरको पहिलो उपचार भनेको सुरुमै पहिचान गर्न सक्नु हो । क्यान्सरलाई ४ चरण सम्मको हुने गर्दछ । जसमा पहिलो चरण दोस्रो र तेस्रो हुँदै चौथो चरण सम्म पुग्ने गर्दछ । पहिलो चरणमा क्यान्सर पत्ता लगाउन सके क्यान्सर निर्मुल पार्न सकिने डा. शिल्पकारको भनाई छ ।

बिडम्बना नेपालमा स्तन क्यान्सर समयमा उपचार तथा पहिचान हुन नसक्दा महिलाहरुको यस रोगका कारण ज्यान जाने गरेको उनीले बताउछिन् । जति छिटो पहिचान गर्न सकियो त्यतिछिटो क्यान्सर निको पार्न सकिने र स्तन क्यान्सरबाट बच्न सकिने डा. शिल्पकारको भनाई छ ।

त्यसैले लामो समय रोग लुकाएर बस्नु रोग बढाउँदै जानु उको भनाई छ । बिशेषगरी नेपालमा २४ बर्ष देखी ५४ बर्ष सम्मका महिलाहरु स्तन क्यान्सर बाट पिढित छन् । तर समयमै क्यान्सर पहिचान गर्न नसक्दा उनिहरुले अकालमै ज्यान गुमाएको डा.रमिला बताउछिन् ।

जतिजति क्यान्सर बढ्दै जान्छ उत्तिनै उपचारमा खर्च लाग्ने चिकित्सकहरु बताउँछन । त्यसैले समयमै क्यान्सरको पहिचान उपचार,खानपिनमा ध्यान पुर्याउन सके स्तन क्यान्सरबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);