काठमाडौं, २३ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यताय सफा रहने छ ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको छ ।
अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
देशका पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।