माओवादी सरकारमा बसिरहनुको औचित्य छैनः नेता राणा | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले माओवादीले सरकारमा बसिरहने नैतिक आधार गुमाएको टिप्पणी गर्नुभएको छ ।

माउण्टेन टेलिभिजनसँग कुराकानी गर्दै अध्यक्ष राणाले विपक्षी दल एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरेसँगै सरकारमा बसिरहने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

अर्को प्रशंगमा उहाँले कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धनबाट निर्वाचन लड्न आफूहरुलाई कम्तिमा १२ सिट हुनुपर्ने उनले बताएका छन् ।

अध्यक्ष राणाले प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीसँग एकीकरणको तयारी भइरहेको जानकारी दिएका हुन् ।

प्रजातान्त्रिक गठबन्धनमा भागबन्डाको कुरा नमिले राप्रपा राष्ट्रवादीसँगै मिलेर निर्वाचनमा जाने उनले संकेत पनि गरेका छन् ।