एजेन्सी, २० चैत । पूर्वी ताइवानमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान भएको उक्त दुर्घटनामा परी कम्तीमा ३६जनाको मृत्यु भएको र कैयौं घाइते भएको त्यहाँ यातायात मन्त्रालयले जानकारी गराएको छ ।
तीन सय ५० भन्दा बढी यात्रु रहेको ४०८ तारोको एक्सप्रेस रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर गईरहेको थियो ।
दुर्घटनामा घाइते भएका ६० जनालाई अस्पताल पठाई सकिएको र ७० जना अझै फसेको अवस्थामा रहेको बताइएको छ । फसेको अवस्थामा रहेकामध्ये धेरै जना जिवित हुने आशा कम रहेको उद्धारमा खटेकाहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
रेलले ट्रयाक् छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ। ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ।