न्यायाधीशमा प्रस्तावित चुडाल र सुवेदीको संसदीय सुनुवाई प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

न्यायाधीशमा प्रस्तावित चुडाल र सुवेदीको संसदीय सुनुवाई प्रक्रिया सुरु

काठमाडौं, १९ चैत । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

संघीय संसदको संसदीय सुनुवाई समितिको चैत्र ४ गतेको बैठकको निर्णय अनुसार न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई उक्त पदमा नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पस्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरेको थियो ।

यो अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । समितिको बिहीबारको बैठकले उक्त उजुरीहरु खोली समिति सदस्यहरुलाई वितरण गरेको छ ।

यस्तै प्रस्तावित न्यायाधीशहरुबाट प्राप्त कार्ययोजनाको प्रतिलिपि समेत समिति सदस्यहरुलाई वितरण गरेको छ । बैठकले यही चैत्र २२ गते उजुरीकर्तालाई बोलाई छलफल गर्ने र चैत्र २५ गते प्रस्तावित न्यायाधीशहरुलाई बोलाई सुनुवाई गर्ने निर्णय समेत गरेको छ ।

न्यायपरिषद्ले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाईबाट दुवैको नाम अनुमोदन भएमा उनीहरुको नियुक्ती सार्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);