एजेन्सी, १९ चैत । कतारमा हुने विश्वकप फुटबल २०२२ को छनौट चरण अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी पराजित भएको भएको छ ।
युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह जे मा रहेको जर्मनी उत्तरी मेसेडोनियासँग २–१ गोल अन्तरले पराजित भएको हो । जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा उत्तरी मेसेडोनियाका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पान्डेव र ८५ औँ मिनेटमा एल्मासले गोल गरे ।
घरेलु टोली जर्मनीका लागि ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा इल्काइ गुण्डोगानले एक गोल फर्काए । पराजित भएको जर्मनी ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकसहित उत्तरी मेसेडोनिया दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरि बुधबार राति नै भएको अर्को खेलमा रोमानियालाई ३–२ गोल अन्तरले अर्मेनियाले पराजित गर्यो भने, आइसल्याण्डले लिचेस्टाइनलाई ४–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो ।