गर्भपतनका लागि भुक्तानी बिदा अनुमोदन गर्ने न्यूजिल्याण्ड पहिलो देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

गर्भपतनका लागि भुक्तानी बिदा अनुमोदन गर्ने न्यूजिल्याण्ड पहिलो देश

एजेन्सी, १८ चैत । अन्य मूलुकका लागि उद्धाहरण बनेको न्यूजिल्याण्डले गर्भपतन भोगेका मजदुरहरुका लागि पारिश्रमिक बिदा प्रस्ताव गरेको हो । यस्तो कानुन प्रस्ताव गर्ने न्यूजिल्याण्ड पहिलो देशसमेत बन्न पुगेको छ ।

प्रत्येक वर्ष हजारौं महिला गर्भपतको चोटले आहात हुन पुगेको र उनीहरुको यस्तो अनुभवलाई बेवास्ता गरेसँगै यस्तो व्यवस्था गरिएको त्यहाँको सरकारले बताएको छ ।

न्यूजिल्याण्डको संसदले सर्वसम्मतले यस्तो कानुनलाई अनुमोदन गरेको छ जसमा आमा र उनका पाटनरलाई गर्भपतन भएमा कामबाट तीन दिनसम्म बिदा दिने उल्लेख छ ।

संसदमा बिध्येक प्रस्तुत गर्ने जिसिंडा आर्डनको लेबर पार्टीकी सदस्य गिन्नी एनड्रसनका अनुसार गर्भपातका साथ आउने शोक कुनै रोग र घाटा नभइ यसबाट शारिरीक, मानसिक रुपले निको हुन समय लाग्ने उल्लेख गर्नुभएको थियो ।

यस्तो कानुन अपहरण र सेरोगेसी मार्फत गराएको गर्भधारणमा पनि लागू हुन्छ तर गर्भपतनमा भने लागू हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);