महिनौदेखि सत्तारुढ पार्टी नेकपा एमालेभित्रको संस्थापन पक्षले विवादको जडका रुपमा लिइएका माधवकुमार नेपाललाई ६ महिनाका लागि पार्टीका सम्पुर्ण जिम्मेवारीबाटै निलम्बनमा राखेको छ । नेपालसँगै एमालेका उपाध्यक्ष डा. भिम रावल पनि निलम्बनमा परेका छन् । पार्टीको यो कारवाहीले अबको एमालेको बाटो के ? भन्ने सवालको आंशिक जवाफ दिएको छ । भने उता कारवाहीमा परेका पार्टीकै पुर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरुको बाटो के हुने भन्ने नयाँ प्रश्न पनि खडा गरिदिएको छ ।
गत पुस ७ गते बसेको तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठकका नाममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी पक्षले नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । नेकपाभित्रको विवाद चुलिंदै जाँदा एकले अकौलाई कारवाही गर्दै आएका नेताहरु सर्वोच्च अदालतले फागुन २३ गते नेकपाकै विघटन गरिदिएपछि भने आ– आफ्नै पुर्व पार्टीमा जोडिन पुगेपनि विगतको तुष र आग्रह भने अहिलेसम्म पनि कायमै रहेको छ ।
अदालतको फैसला लगत्तै नेतृत्वसँग विद्रोह नै गरेका माधवकुमार नेपाल लगायत उनि पक्षधरहरु केपी ओलीसँगै एउटै पार्टी एमालेमा बस्न बाध्य बनेका थिए । सत्तारुढ दलको राजनीति नयाँ कोणबाट शुरु भएपनि पूर्व नेकपामा रहेको आपसी मनमुटाव र तुषले भने एमालेमै पनि निरन्तरता पाउँदै गएपछि पछिल्लो चरणमा एमाले नै पो फुट्ने हो कि भन्ने अडकलवाजीहरु समेत शुरु भईरहेको सन्दर्भमा भएको नेपालमाथीको यो कारवाहीले पार्टी नै फुटि हाल्ने सम्भावना भने क्षीण बन्न पुगेको छ ।
बिगतमा नेकपामै रहेको माओवादी केन्द्र र एमाले संस्थापनसँग विद्रोह गर्दै आएको नेपालपक्ष बिच पछिल्लो समयमा बन्दै गएको नयाँ समिकरणकै कारण एमाले टुक्रिन सक्ने सम्भावना त्यसै भने बढेको हैन , एमालेको नेपाल समूहसँग सम्बद्ध श्रोतकै अनुसार, अध्यक्ष ओलीले पार्टीभित्र असन्तुष्ट पक्षको सम्मानजनक स्थानको सुनिश्चितता नगरेको खण्डमा देशब्यापी रुपमै एमालेका समानान्तर संगठन निर्माण गरि माओवादी केन्द्रसँग एकता गरेर नयाँ पार्टी निर्माणको तयारीमा नेपाल पक्ष जुटेकै कारण संस्थापन पक्षका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानकै लागि पनि यस्तो कारवाही अनिवार्य भईसकेको थियो ।
कारवाहीलाई लिएर यतिबेला मिश्रित प्रतिकृयाहरु आउँदै गदौ धेरैले भने पार्टीलाई एकताबद्ध बनाएर लाने पवित्र ध्येयले गरिएको कारवाहीका रुपमा यसलाई लिएको देखिएको छ । पार्टीको कारवाहीमा परेका नेपाल लगायत असन्तुष्ट पक्षले पार्टी विभाजनका लागि गरेका तयारी यतिबेला कुण्ठित हुन पुगेसँगै अब एमाले पार्टीभित्र नेपाल पक्षको निरन्तरता कुन रुपमा हुने हो भन्ने प्रश्नसँगै नेपालको राजनैतिक भबिष्यकै बारेमा अनेकौं अडकलबाजी समेत शुरु हुन थालेका छन् ।
पार्टीले नेपाल समुहका गतिविधीकै कारण पार्टी हित र एकतालाई गम्भीर असर पारेको भन्दै गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । नेता नेपाल र रावलले चैत १२ गते स्पष्टिकरणको पत्र बुझाएका थिए । तर, पाण्डे र भुसालले भने अहिलेसम्म स्पष्टीकरणको जवाफ नदिएकै कारण पुनः उनीहरुलाई फेरि स्पष्टीकरण सोध्ने तयारीमा पार्टी रहेको बुझिएको छ ।
नेपाल समुहले पार्टी भित्रै बसेर नेतृत्वका विरुद्धमा वैचारिक लडाईंलाई निरन्तरता दिंदै जाने देखेरै एउटा ठुलो पंक्ति नेपालका पक्षमा देखिएकोमा पछिल्लो चरणमा नेपाल लगायतका केही नेताहरु एमालेनै फुटाउने रणनीतिमा समानान्तर पार्टी संरचना निर्माणमा लागेकै कारण उनि पक्षको एउटा ठुलै पंक्ती असन्तुष्ट बनेकै बेला संस्थापन पक्षले नेपाल र रावलमाथी कारवाहीको मुक्का प्रहार गरेको छ । जबकी यतिबेला पनि पार्टीको ठुलै पंक्तिले नेपाल लगायत नेताहरुलाई एमालेमै बसेर संघर्ष गर्नुपर्ने दवाव दिंदै आएको छ ।
एमाले विभाजन गरेर छुट्टै पार्टी बनाउँदा स्थापित गर्न गाह्रो हुने भएकाले धेरै नेता र कार्यकर्ताले विभाजनभन्दा आन्तरिक संघर्षलाई नै जोड दिनु पर्ने दवाव दिंदै आएका छन् । कार्यकर्ताहरुको पार्टी नफुटाउने दवाव र संस्थापन पक्षले ६ महिनाको निलम्बनको कारवाही पत्र बुझाएको यो स्थितीले साँच्चै नै माधवकुमार नेपाललाई ‘निल्नु न ओकल्नु’ को स्थितीमा पु¥याएको छ ।
पार्टी एकतालाई अक्षुण्ण राख्नैका लागि यतिबेला पार्टी संस्थापन पक्ष एकपछि अर्को निर्णय गर्दै जानु पर्ने बाध्यात्मक अबस्थामा रहेको छ, जसको शिकार नेपाल पक्षकै नेताहरु हुन थालेका छन् । यस्तोमा आफ्नो र आफ्ना समर्थकहरुको राजनैतिक भबिष्य समेत सुरक्षित गर्नै पर्ने दवावमा नेपाल रहेका छन् । यस्तोमा संस्थापनले भने झैं ब्यवहारमा सुधार गरेर पार्टी भित्रै अटाउने ठाउँ नेपाल आफैंले बनाउनु पर्ने अहिलेको यो स्थितीलाई नेपाल आफैंले कसरी संयोजन गर्लान्, त्यो भने समयले नै बताउला ।