ललितपुर महानगरद्वारा अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

ललितपुर महानगरद्वारा अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण

ललितपुर, १७ चैत। ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको क्षेत्रमा कार्यरत एक संस्थालाइ अपाङ्गता मैत्री सवारी साधन क्याब हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको क्षेत्रमा कार्यरत सो संस्थालाई अपाङ्गमैत्री सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

अपाङ्गमैत्री सवारीसाधनमा महानगरको २० लाख लगानी रहेको छ भने अन्य संस्थाहरुले पनि यसमा आर्थिक सहयोग गरेका छन् । ललितपुर महानगरलाई अपाङ्गमैत्री शहर बनाउनका लागि यस कार्यले ठूलो सहयोग पुग्ने महानगरकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

अपाङ्गता भएका व्यक्तिका सवालमा राज्यबाट ठोस सम्बोधन नभईरहेका बेलामा ललितपुर महानगरले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरेको यस कार्यले आफूहरु सन्तुष्ट भएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);