सुनसरी, १७ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार स्थानीयवासी केशवकार्कीको हत्या भएको हो ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या भएको हो । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




