वायु प्रदूषण बढेपछि चार दिन शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

वायु प्रदूषण बढेपछि चार दिन शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १६चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायु प्रदूषण कारण देशभर शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता सोमबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय आकस्मिक बैठकले वायु प्रदूषणको असरबाट जोगिन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार विद्यालय भोलि मंगलबारबाट शुक्रबारसम्म सबै शिक्षण संस्थाहरु बन्द रहनेछन् । बैठकमा बोल्दै मन्त्री वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकुलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताएका हुन् ।

Leave a Reply