रक्तदाताहरुको संख्या बढेसंगै रगतको अभावमा कमी | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

रक्तदाताहरुको संख्या बढेसंगै रगतको अभावमा कमी

बागलुङ, १६ चैत । रक्तदान जिवनदान भन्ने नाराको प्रभावसँगै बागलुङ जिल्लामा रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । स्थानीय संघ संस्थाको पहलमा निरन्तर रक्तदान कार्यक्रम संचालन हुँदा रगत सहज रुपमा उपलब्ध हुन थालेको छ ।

राजधानी लगायतका शहरी क्षेत्रमा बिरामीको उपचारको लागि तत्काल आवश्यक पर्ने रगतको चरम अभाव भएको खबर आइरहेको बेला बागलुङ जिल्ला भने रगत अभाव हुन नदिन तयारी अवस्थामा छ ।

रक्तदाता बढेसँंगै धौलागिरि अस्पताल बागलुङमा उपचारको लागि आउने बिरामीलाई सहज रुपमा रगत पाउन थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले स्थापना गरेको रक्त संचार केन्द्रको समन्वयमा संघ संस्थाले नियमितरूपमा रक्तदान गर्नथालेपछि रगत सजिलै उपलब्ध हुन थालेको हो ।

संघसंस्थाको पहलमा नियमित रक्तदानका लागि रक्तदाता पनि बढेका छन् । हरेक ३÷३ महिनामा शरिरमा रगत परिवर्तन भइरहने हुदा निर्धक्क भएर रक्तदान गर्न सकिने रक्तदाताहरुको भनाइइ छ ।

रक्तसञ्चार केन्द्रमा गत साउनदेखि हालसम्म ५ सय ७० युनिट रगत संकलन भएको छ । त्यसमध्ये ३ सय ५६ युनिट रगत धौलागिरि अस्पतालका बिरामीलाई दिइएको छ ।

बागलुङमा ओ पोजेटिभ र ए पोजेटिभ समुहको रगत बढी मात्रामा खपत हुने गरेको देखिएको छ । रक्तसञ्चार केन्द्रको सक्रियताले बागलुङका संघ संस्थाले रगत संकलन गर्न गरेको भुमिका प्रशंसनीय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);