सर्लाही, १३ चैत । कोरोना भाइरस ९कोभिड–१९० को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। बैठकले छिमेकी मुलुक भारतमा अहिले तीव्र रुपमा संक्रमण बढिरहेको अवस्थामा सीमावर्ती जिल्ला सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
उनका अनुसार भारतीय सीमाबाट आउजाउ गर्नेहरुको अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न बिहिवार देखि मलंगवा नाकामा हेल्थ डेक्स राख्ने, संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनामूलक कार्यक्रमलाई तीव्र पार्ने, व्यापार व्यवसायमा भीडभाड हुन नदिने, मास्क नलगाउनेलाई कारवाही गर्ने जस्ता निर्णय भएको जिल्ला प्रशासन जनाएको हो ।
सर्लाहीवासीलाई घर–घरमा बसेर होली अर्थात फागू पूर्णिमा मनाउन पनि आग्रह गरेको छ । होलीमा भीडभाड हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले वातावरण तय गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
यसैगरी जिल्ला विभिन्न धार्मिक संगठनका धर्मगुरुहरु बीच छ्लफल गरेको छ । आउने होली को पावन(पर्व लाई आपसी प्रेम सदभाव सौहार्द र सभ्य मर्यादित बनाउन मनाउने सम्बन्धमा निर्णय गरेको छ ।