भक्तपुरको तलेजु मन्दिरमा यस वर्ष बली दिन नपाइने | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

भक्तपुरको तलेजु मन्दिरमा यस वर्ष बली दिन नपाइने

काठमाडौं । भक्तपुरको तलेजुमन्दिरमा यस वर्षको विजया दशमीमा बली नदिन भक्तपुर नगरपालिकाले निर्देशन दिएको छ । पालिकामा बसेको बैठकले पछिल्लो समय कोरोना महामारीको जोखिम अन्त्य नभएको र भीडभाडले थप  जोखिम बढ्ने सक्ने भएकोले उक्त निर्णय गरेकाे हाे ।  

बैठकले कोभिड-१९ रोगको संक्रमण घट्दै गए पनि त्यसको जोखिम भने अझै कायम रहेकोले सामान्य रुपमा दसै‌ं मनाउने र भक्तपुर तलेजुभित्र हुने सबै पूजामा बली नदिई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पुजारीबाट नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाई भीडभाड नगरी भाैतिक दूरी कायम गर्न अनुरोध गरेको छ ।

नगरपालिकाका मेयर सुनिल प्रजापतिले कोभिडको संक्रमण महामारीमा पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, भाैतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई आह्वान गरेको बताए ।
    
भक्तपुरमा घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा लगायत धार्मिक स्थलमा हुने मेला, पूजा र नवरात हुने गर्छ । सो क्षेत्र थप जोखिम हुन भएकोले पालिकाले सरोकारवाला निकायसँग छलफल गरेकाे हाे ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी रहेकाले भाैतिक दूरी कायम गर्न आह्वान गरे ।   

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);