डडेल्धुरा, १२ चैत। डडेल्धुराको दुर्गम मानिने नवदुर्गा गाउँपालिका ५ चामाचौडमा बार्थिङ सेन्टरसहितको आधारभुत स्वास्थ्य सेवा केन्द्रले सेवा दिन थाले पछि त्यहाँका नागरिकलाई स्वास्थ्य चेकजाचँमा सहज भएको छ ।
बिशेष गरी नियमित चेकजाचँ गराउनु पर्ने गर्ववती महिलाहरुलाई दक्ष नर्सिङ स्वास्थ्यकर्मीसहितको बार्थिङ सेन्टर स्थापना भएपछि डडेल्धुरा सदमुकाम धाउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।
गाउँपालिकामा बर्थीङ सेन्टरसहितको सेवा सुरु भएपछि समय र खर्च समेत बचत हुने स्थानीय इन्द्र विक बताउँछन्। बर्थीङ सेन्टर सञ्चालनमा आएपछि त्यहाँका गर्ववती महिलाहरुले गर्भावस्थामा गर्ने हेरचाहा तथा सुत्केरी अवस्थामा गरिने चेकजाचँ समेत बढेको छ ।
जसले गर्दा यहाँका शिशु मुत्युदर, महिलाहरुको स्वास्थ्य अवस्थामा पनि कमजोर हुनबाट जोगिएको आधारभुत स्वास्थ्य केन्द्रका एएनएम सरस्वती ऐरले बताए । सामुदायिक स्वास्थ्य इकाईमा जस्ताको २ कोठको भवनबाट सेवा दिइरहेको थियो ।
एउटै कोठामा बिरामी जाचँ तथा स्टोर रुम र गर्ववती समेत चेकजाँच गर्नु पर्दा समस्या रहेको थियो । अहिले सुदूरपश्चिम प्रदेश सरकारले २ कोठे भवन र नवदुर्गा गाउँपालिकाले ४ कोठे भवन बनाई दिएपछि सेवादिन सहज भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज प्रेम बहादुर साउदले जानकारी दिए ।




