सिराहा, २४ असोज । सिरहाका एमाले नेताको घाँटी रेटेर हत्या भएको छ। सिरहाको कर्जन्हा नगरपालिका १० प्रयोगपुरका स्थानीय एमाले नेता शशिभूषण साहको गएराति सुतिरहेको अवस्थामा हत्या भएको हो।
३८ वर्षीय साह घरमा सुतिरहेको अवस्थामा उनको घाँटी रेटिएको थियो। काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए।
कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको सिरहाका प्रहरी प्रमुख शेखर कोइरालाले बताएका छन्। अहिले हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ।