एजेन्सी, ७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री इमरान खान संक्रमित भएको जानकारी शनिबार ट्विटर मार्फत सार्वजनिक गरेको हो । प्रधानमन्त्री खानले बिहीबार मात्रै कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका थिए ।
पाकिस्तनी स्वास्थ्य मन्त्रालयका अनुसार प्रधानमन्त्री खान हाल घर मै आईसोलेसनमा बसेका छन् । उनलाई हल्का खोकीसहित हल्का ज्वरोमात्र आएको र कडा लक्षण नदेखिएको बताइएको छ ।