काठमाडौं, ६ चैत। जल तथा पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने छ।
शुक्रबार विशेष गरी देशका पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना गरेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ । यसैगरी देशको पहाडी भूभागका केही स्थानहरुमा पनि मेघगर्जन तथा चट्याङ हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।