के हो साइलेन्ट हार्ट अट्याक ? यस्ता छन् ५ संकेत र ५ बच्‍ने उपाय | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

काठमाडौँ, २४ असोज । मानिसहरुको फेरिएको जीवनशैली र दैनिक क्रियाकलापले स्वास्थ्य समस्या पनि जन्माइरहेको हुन्छ । पछिल्लो समयमा हर्ट अट्‍याकको समस्या बढिहरेको छ । त्यसमा पनि साइलेन्ट हर्ट अट्याकले त मानिसले उपचार समेत पाउँन सक्दैनन् ।

को हो हर्ट अट्‍याक ?

साइलेन्ट हर्ट अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन silent myocardial infarction (SMI) भनिन्छ । यसमा कुनै व्यक्तिलाई हर्ट अट्याक हुँदा छातीमा दुखाई महसूस हुँदैन र हर्ट अट्याकको पत्ता लाग्दैन । हुनत: यसको केही अन्य लक्षणहरू महसूस हुन्छन् ।

किन थाहा हुँदैन साइलेन्ट हर्ट अट्याकको दुखाई ?

धेरै पटक मस्तिष्क सम्म दुखाईको महसूस पुर्याउने नसा वा स्पाइनल कार्डमा समस्याको कारण वा साइकोलोजीकल कारणले रोगीहरूले दुखाई पहिचान गर्न सक्दैनन् । यसको साथै बढी उमेर भएका वा डायबिटीजको रोगीमा ओटोनोमिक न्यूरोपैथीको कारण पनि दुखाई महसूस हुँदैन ।

साइलेन्ट हार्ट अट्याकको ५ संकेत

१- ग्यास्ट्रिक समस्या, पेट खराब हुनु,

२- थोरै काम गर्दा पनि थकान महसूस हुनु,

३- पटक-पटक पेट फुल्लिनु,

४- अचानक चिसो पसिना आउनु,

५-पटक-पटक श्वासप्रश्वासमा कठिन हुनु,

साइलेन्ट हर्ट अट्याकको ५ कारण

१- बढी ओयाली, बोसोयुक्त र प्रोसेस्ड फूड,

२- शरीरिक क्रियाकलाप नगर्दा,

३- जाँडरक्सी र चुरोटको सेवन,

४- डायबिटीज र मोटोपना,

५- तनाव र चिन्ता,

साइलेन्ट हर्ट अट्याकबाट बँच्ने ५ उपाय

१- आहारमा सलाद र सागपात बढी समावेश गर्नुहोस् ।

२-नियमित हिड्ने, व्यायाम र योगासन गर्नुहोस् ।

३-चुरोट, जाँडरक्सीको सेवन गर्नुहुँदैन ।

४-चिन्ता र तनावमुक्त रहनुहोस् ।

५-नियमित रूपमा मेडिकल जाँच गराउनुहोस्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);